जयसिंह धामीलाई न्याय दे भन्दै नेकपा एसमा आवद्ध विद्यार्थीहरुले जलाए भारतीय प्रधानमन्त्री मोदीको पुत्ला — OSNepal

जयसिंह धामीलाई न्याय दे भन्दै नेकपा एसमा आवद्ध विद्यार्थीहरुले जलाए भारतीय प्रधानमन्त्री मोदीको पुत्ला

LC (KTM) September 03, 2021 0

काठमाडौँ १८ भदौ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ता दहन गरेका छन् ।

दार्चुला घटनाको विरोधमा नेकपा एसमा आवद्ध विद्यार्थीहरुले मोदीको पुत्ला दहन गरेका हुन् ।

जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाउँदै विद्यार्थीहरुले आज रत्न राज्य क्याम्पस, प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन् ।

भारतीय एसएसबीले तुइनको डोरी काटिदिदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको एक महिना पुग्दा पनि उनको शव भने अझै फेला परेको छैन ।

घटनाको सत्यतथ्य पत्ता लगाउन गठन गरिएको छानविन टोलीले समेत भारतयि एसएसबीको संलग्नता रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर