रोक्दा रोक्दै घरबाट निक्लेका दुई किशोरीले पोखरीमा डुबेर अकालमै ज्यान गुमाए,आमा बेहोस — OSNepal

रोक्दा रोक्दै घरबाट निक्लेका दुई किशोरीले पोखरीमा डुबेर अकालमै ज्यान गुमाए,आमा बेहोस

LC (KTM) May 19, 2021 0

सप्तरी, ५ वैशाख – सप्तरीको कञ्चनरुप नगरपालिकामा दुई किशोरीको आज पोखरीमा डुबेर मृ त्यु भएको छ । नगरपालिका–९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर मृ त्यु भएको हो । रोक्दा रोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैकौ पोखरीमा डुबेर बाहिर ननिक्लिएको खबर आएको रोशनीकी आमा मञ्जुले बताउनुभयो ।

पोखरीबाट निकालेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर परीक्षण गराउँदा चिकित्सकले मृत घोषणा गरेको मञ्जुले बताउनुभयो । शवलाई पोष्टमार्टमका लागि अस्पतालकै शवगृहमा राखिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर