जय सिंहको तुइन हत्या प्रकरण विषयमा ओलीगणलाई दलबलसहित सडकमा ओर्लिएर विरोधमा बोल्न सामन्त गोयलले रोकेको हो ? — OSNepal

जय सिंहको तुइन हत्या प्रकरण विषयमा ओलीगणलाई दलबलसहित सडकमा ओर्लिएर विरोधमा बोल्न सामन्त गोयलले रोकेको हो ?

LC (KTM) September 03, 2021 0

काठमाडौं १८ भदौ । लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले जय सिंहको तुइन हत्याबारे दिल्लीका दादासँग हाकाहाकी कुरा गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणलाई दलबलसहित सडकमा ओर्लिएर विरोध बोल्न कसले रोक्यो भन्दै आलोचना गरेका छन् ।

आफुलाई भयङ्कर राष्ट्रवादी ठान्ने ओलीलाई चाहि निशाचर कमरेड सामन्त गोयल आदिले रोकेको हो भन्दै प्रश्न गरेका छन् ।

ट्वीटर मार्फत उनले सत्ता गठबन्धनलाई त सत्ता-स्वार्थले रोक्यो होला ओलीलाई चाही गोयलले हो भन्दै टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘जय सिंहको तुइन हत्याबारे दिल्लीका दादासँग हाकाहाकी कुरा गरी कडा विरोध जनाउन सत्ता गठबन्धनलाई त सत्ता–स्वार्थले रोक्यो होला, आफूलाई भयङ्कर राष्ट्रवादी ठान्ने प्रतिपक्षी ओली गणलाई दलबलसहित सडकमा ओर्लिएर विरोधमा बोल्न कसले रोक्यो ?निशाचर कमरेड सामन्त गोयल आदिले’ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर