चितवनमा २० जना कोरोना सङ्क्रमितको मृ त्यु — OSNepal

चितवनमा २० जना कोरोना सङ्क्रमितको मृ त्यु

LC (KTM) May 19, 2021 0

चितवन, ५ जेठ – जिल्लाका अस्पतालमा उपचारका क्रममा २० जना कोरोना सङ्क्रमितको मृ त्यु भएको छ । मृ त्यु हुने ६ जना चितवनका र अन्य बाहिरी जिल्लाका रहेका छन् ।स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा ७, चितवन मेडीकल कलेजमा ५, पुरानो मेडीकल कलेजमा ५ र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन जना सङ्क्रमितको मृ त्यु भएको हो । कोरोनाका कारण जिल्लाका अस्पतालमा मृ त्यु हुनेको सङ्ख्या यो अहिलेसम्मकै उच्च हो ।

कार्यालयका अनुसार केही दिन अघि मात्रै एकै दिन १८ जनाको मृ त्यु भएको थियो । कोरोना सङ्क्रमणका कारण यहाँका अस्पतालमा मकवानपुर, बारा, पर्सा, रौतहट, तनहुँ, धादिङ्, गोरखा, काठमाडौं, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, नवलपरासी, प्यूठान, नुवाकोटलगायतका जिल्लाबाट उपचारका लागि आउने गर्दछन् ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार यहाँका अस्पतालमा ५ सय २१ जनाको उपचार भइरहेको छ जसमध्ये २ सय ६० जनाको सघन उपचार कक्षमा उपचाररत छन् । ५९ जनाको एचएफएनसी, ९६ जनाको एचडियू र १ सय ६५ जनाको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । यहाँका अस्पतालबाट ५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर