पार्टीको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्ने पर्छ : शशाङ्क कोइराला — OSNepal

पार्टीको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्ने पर्छ : शशाङ्क कोइराला

LC (KTM) September 03, 2021 0

काठमाडौं १८ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आज बाट सुरु भएको अधिवेशनका अवसरमा शुभकामना सन्देश दिएका छन् ।

उनले पार्टीको १४ औं महाधिवेशन अन्र्तगत पहिलो वडा अधिवेशन तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्र बलियो हुने भन्दै शुभकामना जारी गरेका हुन् ।

वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने उनको भनाई रहेको छ । ‘कांग्रेसको वडा तहदेखि अधिवेशनको प्रक्रिया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक साङ्गठनिक पिरामिड निर्माण हुने गौरवशाली वैधानिक परम्पराको आजदेखि सुरु हुँदैछ’,जारी सन्देशमा उल्लेख गरिएको छ ।

पार्टीको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्ने बताउँदै बताएका उनले पार्टी, लोकतन्त्र र सिङ्गो राष्ट्रको बहुआयमिक भविष्य निर्माणका जगमा उभिएका पार्टीका क्रियाशील साथीहरुलाई सुझबुझपूर्ण निर्णय गर्न पनि पनि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर