प्रधानमन्त्री देउवाले दिए नेता बस्नेतलाई चुनौती : मलाई होइन दुलर्भ थापालाई चुनावमा हराएर देखाउनुहोस् — OSNepal

प्रधानमन्त्री देउवाले दिए नेता बस्नेतलाई चुनौती : मलाई होइन दुलर्भ थापालाई चुनावमा हराएर देखाउनुहोस्

LC (KTM) September 03, 2021 0

काठमाडौँ १८ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका नेता महेश बस्नेतलाई भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउन कडा चुनौती दिएका छन् ।

आज शुक्रबार कांग्रेसले १४ औँ महाधिवेशनको भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन गर्ने कार्यक्रममा सहभागी भएका उनले बस्नेतलाई यस्तो चुनौती दिएका हुन् ।

कार्यक्रममा उनले भने, ‘बस्नेतजीले आगामी चुनावमा पहिले कांग्रेसका भक्तपुरका सभापति दुर्लभ थापालाई हराएर देखाउनुस् । त्यसपछि मसँग लड्न आउनुहोला’

प्रधानमन्त्री समेत रहेका देउवाले आफु नेता बस्नेतसँग लड्न तयार भएको भन्दै आफुले नै सहजै विजय हासिल गर्ने दावी समेत गरेका छन् ।

भक्तपुरमा आफ्नो पार्टी बलियो भएको भएको दावी गरेका उनले महाधिवेशनलाई सफल बनाउन सबै कार्यकर्तालाई समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर