एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन — OSNepal

एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन

LC (KTM) September 03, 2021 0

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै आज केहि युवाहरुले काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा उत्रिएका केहि युवाहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अभियानका संयोजक निर्ग जैसी जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली रहेका छन् ।

पक्राउ गरी उनीहरुलाई महाराजगञ्जमा राखिएको जनाइएको छ । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर