हुम्लामा कोरोना सक्रिय संक्रमितको संख्या चार, संक्रमण दर शून्यमा झर्दै — OSNepal

हुम्लामा कोरोना सक्रिय संक्रमितको संख्या चार, संक्रमण दर शून्यमा झर्दै

LC (KTM) September 03, 2021 0

हुम्ला, १८ भदौ-हुम्लामा पछिल्लो चार दिन.यता कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ ।जिल्लाका सातवटा गाउँपालिकामा यसअघि नै परीक्षणको दायरालाई साँघुरो बनाउनुका साथै संक्रमितको संख्या शून्य रहेको थियो । जिल्ला अस्पताल हुम्लामा भने नियमित कोरोना परीक्षण हुनुका साथै दैनिक एकजनासम्ममा संक्रमण पुष्टि हुने गरेको थियो ।

जिल्ला अस्पताल हुम्लामा चार दिनयता परीक्षणको दायरालाई बढाए पनि संक्रमित हुनेको संख्या शून्य रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । एकै दिन झन्डै तीन सयजनामा कोरोना परीक्षण गर्दासमेत संक्रमित नभेटिएको उनको भनाइ छ ।

चार दिनको अवधिमा पाँच सय ६१ जनालाई जिल्ला अस्पताल हुम्लामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको संख्या शून्य रहेको उनले बताए ।

हाल जिल्ला अस्पताल हुम्लाको रानीवनमा रहेको क्वारेन्टाइनमा चारजना मात्रै संक्रिय संक्रमित रहेको र उनीहरुको अवस्था समेत सामान्य रहेको बताइएको छ । हालसम्म कोरोना सङ्क्रमित भएका कूल तीन सय ९८ जनामध्ये तीन सय ८७ जना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर