एमालेले दायर गरेको सभामुख सापकोटा र निर्वाचन आयोग विरुद्धको मुद्धाको सुनुवाई हुँदै — OSNepal

एमालेले दायर गरेको सभामुख सापकोटा र निर्वाचन आयोग विरुद्धको मुद्धाको सुनुवाई हुँदै

LC (KTM) September 03, 2021 0

काठमाडौँ १८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटा विरुद्ध दायर गरेको रिट आज सुनुवाई हुने भएको छ ।

गत भदौ १६ गते एमाललेका अध्यक्ष केपी ओलीले सापकोटा र आयोगविरुद्ध अदालतमा निवदेशन दर्ता गराएका थिए ।

पार्टीले कारवाही गरेको माधव नेपाल सहित १४ जना सांसदलाई संसद सचिवालयले कारवाही नगरेको भन्दै सापकोटा विरुद्ध एमाले खनिएको हो ।

त्यसैगरी पाटीले कारवाही गरेको १४ जना सांसदले गरेको सनाखतलाई आयोगले मान्यता दिएको भन्दै आयोग विरुद्ध पनि एमालेले सर्वोच्चमा रिट दायर गरेको हो ।

उक्त रिटको पेशी न्यायाधीश मीरा खड्काको एकल इजलासमा तोकिएको छ । साथै एमालेले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सांसदलाई कारबाही गरेको सूचना टाँस नगरेको भन्दै उनी विरुद्ध रिट दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर