आज एकै दिन त्रिभुवन विमानस्थलबाट १३ अन्तराष्ट्रिय उडान — OSNepal

आज एकै दिन त्रिभुवन विमानस्थलबाट १३ अन्तराष्ट्रिय उडान

LC (KTM) May 19, 2021 0

काठमाडौँ ६ जेठ । आज एकै दिन काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १३ अन्तरराष्ट्रिय उडान भएका छन् ।१३ उडान हुनेमा विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपाल वायु सेवा निगमले आज मात्रै सात ओटा उडान भरेको छ भने , हिमालय एयरलाइन्सको चार नेपाल एयरलाइन्सले चीनको बेइजिङ, सेनजेनमा समान एक तथा साउदी अरेबियाका दमाममा दुई उडान र रियादमा एक उडान भर्ने कार्यतालिका रहेको छ । कोरोना संक्रमण फैलिएसँगै जेठ १७ गते सम्म अन्तराष्ट्रिय उडान बन्द भए पनि उद्धार, चार्टर्ड तथा कार्गो उडान भने भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर