विगतमा पार्टी भित्र गुट र विभाजनको संस्कारलाई हटाउन नसकेकाले हामी आम निर्वाचनमा कम्युनिष्ट भन्दा कमजोर हुन पुगेका हौं — OSNepal

विगतमा पार्टी भित्र गुट र विभाजनको संस्कारलाई हटाउन नसकेकाले हामी आम निर्वाचनमा कम्युनिष्ट भन्दा कमजोर हुन पुगेका हौं

LC (KTM) September 03, 2021 0

काठमाडौं १८ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी भित्रको गुटगत राजनीतिले पार्टी कमजोर हुँदै गइरहेको बताएका छन् ।

आजबाट सुरु भएको वडा अधिवेशनलाई लिएर एक विज्ञप्ती जारी गर्दै उनले ‘हामीले विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन सकेनौं । यही कारण आम निर्वाचनमा हामी कम्युनिष्ट भन्दा कमजोर हुन पुगेका बताएका छन् ।

जारी अपिलमा भनेका छन्, ‘कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्वरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ । त्यस्तै पार्टी भित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खन हामीसँग समय छैन । उत्सवको रुपमा आएको १४ महाधिवेशनलाई हामी ‘गुट र गिरोह’ समाप्त गर्न सफलिभूत हुनुपर्नेछ ।’

महाधिवेशनलाई पार्टीमा जित र हार भन्दा माथि राख्न सुझाव दिएका उनले महाधिवेशन ‘उत्सव’ भएको बताएका छन् ।

कोइरालाले जारी अपिलमा भनेका छन्, ‘महाधिवेशन उत्सवको रुपमा मात्र हाम्रो सामु आएको छैन, महाधिवेशनले हामी लोकतन्त्रवादीहरुलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको छ, महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको छ । चरणवद्ध रुपमा हुने निर्वाचनहरुमा यस तर्फ साथीहरुले गम्भीरतापूर्वक मनन् गर्नु नै हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर