नेपाल बन्यो क्लिनिकल ट्रायलको अखडा — OSNepal

नेपाल बन्यो क्लिनिकल ट्रायलको अखडा

LC (KTM) September 03, 2021 0

काठमाडौं । विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला खोप उत्पादन गर्न नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको छ ।

यही सिलसिलामा नेपालमा धमाधम कोरोना खोपको क्लिनिकल ट्रायल हुने भएको छ । पछिल्लो समय तीन अस्पतालमा दुईवटा खोपको ट्रायलका लागि सरकारले अनुमति दिइसकेको छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिनियाँ खोप ट्रायल गर्न अनुमति दिएको सरकारले बुधबार धुलिखेल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा अर्को अमेरिकन कम्पनीको भ्याक्सिन ट्रायलका लागि अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर