सन् १९९३ को विश्वकपपछि स्पेनको पहिलो पटक हार — OSNepal

सन् १९९३ को विश्वकपपछि स्पेनको पहिलो पटक हार

LC (KTM) September 03, 2021 0

काठमाडौं, १८ भदौ-फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोट खेलमा स्पेन २८ वर्षपछि पराजित भएको छ । स्विडेनको घरेलु मैदानमा भएको खेलमा स्पेन २-१ गोल अन्तरले पराजित भएको हो । स्पेन सन् १९९३ को विश्वकपपछि पहिलो पटक पराजित भएको हो । उसले ६६ खेलमा आएर हार ब्यहोरेको छ ।

स्विडेनको जितमा इशाक र क्लाएसनले एक-एक गोल गरे भने स्पेनका कार्लाेस सोलरले एक सान्त्वना गोल गरे ।खेलमा सुरुवाती अग्रता स्पेनले बनायो । कार्लाेसले डेब्यु भलि गोल गर्दै स्पेनलाई अग्रता दिलाए । तर, १२ सेकेण्ड नपुग्दै स्विडेनका एलेक्जाण्डर इशाकले गोल गरे ।

भिक्टोर क्लेसनले बल कन्ट्रोल गर्दै ५७ मिनेटमा १२ यार्डबाट विजयी गोल गरे ।यस अघि सन् १९९३ मा डेनमार्कसँग पराजित भएको स्पेन त्यसयता पहिलो पटक पराजित भएको हो । यस क्रममा स्पेनले छनोट खेलमा ५२ जित हासिस गर्दा १४ खेलमा बराबर गरेको थियो ।

विश्वकप छनोटको समूह ‘बि’मा रहेको स्विडेनले जितसँगै तीन खेलमा सतप्रतिशत जित निकालेको छ । स्विडेन तीन खेलबाट नाै अंकसहित शीर्ष स्थानमा छ ।चार खेल खेलको स्पेन दोस्रो स्थानमा छ । स्पेनले तीन खेलमा जित तथा एउटा-एउटा खेलमा जित-हार ब्यहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर