लोप हुँदै परम्परागत गरगहना — OSNepal

लोप हुँदै परम्परागत गरगहना

LC (KTM) September 03, 2021 0

दैलेख, १८ भदौ- नाककानमा फूली अनि बुलाकी । कुनै बेला कर्णालीका महिला यस्तै गरगहनाले सजिएका हुन्थे । तर, आधुनिकतासँगै परम्परागत गरगहना लाेप हुँदै गएका छन् । अचेल फूली, चक्ली, बुलाकी, मडहरी सायदै देखिन्छन् ।

‘पहिले बिवाहिता मात्र नभई अबिवाहित युवती पनि गरगहनाले सजिएका हुन्थे । तर अचेल आधुनिकतासँगै परम्परागत गरगहना लगाउन छाडेका छन्,’ दैलेखकी जशु थापाले बताइन् । सुनचाँदीकाे भाउ निकै उकालाे लाग्दा पनि परम्परागत गरगहनाकाे प्रयाेग घटेकाे उनकाे अनुभव छ ।

कालीकोटकी रामसरा शाही पनि आधुनिक परिवेशका कारण रितिरिवाज लाेप हुँदै गएकाे बताउँछिन् । ‘पहिले गाउँघरमा हातमा काँडे चुरा, रानी चुरा, कान र नाकमा सुनका गहना, गलामा मंगलसूत्र र पोतेले भरिभराउ हुन्थे.’ दैलेखकी पानसरि बुढा भन्छिन्, ‘अहिले फाट्टफुट्ट रुपमा मात्र लगाएकाे देख्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर