पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ आजको वडा अधिवेशन हो — OSNepal

पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ आजको वडा अधिवेशन हो

LC (KTM) September 03, 2021 0

काठमाडौं १८ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले आज हुन गइरहेको वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक सहभागी हुन अनुरोध गरेका छन् ।

नेता थापाले सामाजिक सञ्जाल मार्फत यो वडा अधिवेशनले पार्टी संरचनाको आधारभूत तह मात्र नभई यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ पनि रहेको बताएका छन् ।

उनले भनेका छन्, नेपाली काँग्रेसको वडा तहको अधिवेशन आज आरम्भ हुंदैछ।वडा पार्टी संरचनाको आधारभूत तह मात्र होइन यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ पनि हो।सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक यो प्रक्रियामा सहभागी हुन अनुरोध गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर