काठमाडौँ - पोखराको त कुरै छोडौ दुर्गम भनिएको मुगुमा समेत जसलाई परिक्षण गर्यो उसैलाई देखिन थाल्यो कोरोना, अवस्था बन्यो भयाभह — OSNepal

काठमाडौँ – पोखराको त कुरै छोडौ दुर्गम भनिएको मुगुमा समेत जसलाई परिक्षण गर्यो उसैलाई देखिन थाल्यो कोरोना, अवस्था बन्यो भयाभह

LC (KTM) May 19, 2021 0

युद्घबहादुर मल्ल/मुगु – बुधबार विहान छायाँनाथ रारा नगरपालिकाले वडा नं ७ मा ५ जनाको एन्टिजिन परिक्षण गर्दा ३ जनाको रिपोट पोजटिप आयो सोहि दिन जिल्ला अस्पताल मुगुमा १० जनाको एन्टिजिन परिक्षण गर्दा ७ जनाको रिर्पोट पोजेटिप आयो । विहिबार सोरुगाँउपालिको तारापानीमा १० जनाको परिक्षणमा ७ जना कै पाजेटिप भेटिए ।कोभिड १९ कोरोना भाईरसको दोसो्र भेरियसन शुरु भएपछि जिल्ला अस्पतालमा महिनाको दोसो्र सातामा आफै परिक्षण गर्न आउनेहरुमा शुरुवातीमा फाट्ट फुट्ट कोभिड १९ पोजेटिप भेटिए पनि पछिल्लो समयमा यहाँका स्थानिय सरकार तथा जिल्ला स्वास्थ्य सेवा कार्यालयले परिक्षणको दायरा बढाउदा जता परिक्षण गरिपनि कोरोना पाजेटिप भएकाहरु व्यक्तिहरु भेटिन थालेका छन ।

प्रत्यर्क परिक्षणमा संक्रमितहरु देखिन थालेपछि समुदाय स्तरसम्मै कोरोना फैलिएको पुष्टि भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र मुगुका संयोजक एवं प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटी बताउनुहुन्छ ।स्वास्थ्य सेवा कार्यालय मुगुका कोभिड १९ फोकल पर्सन दिप बहादुर रावलका अनुसार मंगलबारसम्म मुगु जिल्ला भरीमा ८३१ जनाको एन्टिजिन परिक्षण गर्दा १५२ जनाको रिर्पोट पोजेटिप आएको छ । पोजेटिप आएका मध्य ३० जनाले कोभिड १९ जितेका छन । मंगलबारसम्म १०२ जना संक्रमितहरु होम आईसुलेसनमा बस्नु भएको छ भने १ जना जिल्ला अस्पताल मुगुमा उपचारत हुनुहुन्छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा १९ जनाको उपचार भैरहेको छ । जिल्ला भरी संक्रिय संक्रमितको सख्या १२२ जना रहेको पनि सुचना अधिकारी पशुराम नेपालीले जानकारी गराउनु भयो ।

कोभिड १९ संक्रमितहरुको सख्यालाई जिल्लामा रहेका चार स्थानिय तह अनुसार हेर्दा छायाँनाथ रारा नगपािलककामा ९२ जना(जिल्ला अस्पताल सहित),खत्याड गाँउपालिका(प्राथमिक स्वास्थ्य केन्द्र रातापानी सहित) ३५ जना,मुगुम कार्मारोङ्ग गाँउपालिकामा ४ जना र सोरु गाँउपालिकामा २१ रहेको स्वास्थ्य सेवा कार्यालय मुगुको कोभिड १९ दैनिक रिर्पोट २०७८ जेठ ५ गतेमा उल्लेख गरिएको छ ।

गत वर्षको पहिलो कोभिड भेरियसनमा ३८ जना मात्र संक्रमित भेटिएको मुगु जिल्लामा दोसो्र भरियसन गत बैशाख १३ गते यता देखि मंगलबारसम्म २३ दिन भित्रको परिक्षणमा १५२ जना संक्रमित भेटिनुले कोरोना भित्र भित्र भुसमा आगो लागे झै फैलिदै गएको पुष्टि भएको छ ।गत बर्ष सबै सरोकारवालाहरुले सजकता अपनाएका थिए । त्यो बेला जिल्ला बाहिरबाट आएका लाई १५ दिनसम्म स्थानिय सरकारहरुले बनाएका क्वारेन्टाइृनमा राखिन्थ्यो । कोही संक्रमित भेटिएमा त्यो क्षेत्र सिल गरिथ्यो र संक्रमितको कन्ट्रयाक टे्रसिङ्ग गरेर अन्य संक्रमित पत्ता लगाईथ्यो यस्ता प्रकृयाले कोरोना समुदायसम्म फैलिन पाएको थिएन तर यो चोटी नत परिक्षण बढाईएको छ नत जिल्लाामा भित्रनेहरुलाई क्वारेनटाईनहरुमा राखिएको छ ।

कोरोना पोजेटिपहरुलाई होम आईसुलेसनमा बस्नु भन्दै घर पठाईदै आएको छ । संक्रमित घरमा बसेको छ की बाहिर घुमिरहेको छ कतैबाट निगरानी छैन । बजारमा निषेधआज्ञा लगाईएपनि त्यो निषेधआज्ञा जस्तो नै छैन मान्छेहरुको भिडभाड उस्तै छ यस्तै यस्तै कारणले कोरोना समुदायसम्म भित्र भित्रै भुसमा आगो लागे झै बढिरहेकको युवा व्यवसायी नवराज चौलागाई बताउनु हुन्छ ।छायाँनाथ रारा नगरपालिका वडा नं १० तल्लेख गाँउका स्थानिय ज्ञान बहादुर शाही गाँउ गाँउमा ज्वरो आउने,हातगोडा दुख्ने,बान्ता गर्ने,टाउको दुख्ने लक्षण भएका विरामी घर घरमा छन परिक्षण छैन सबैले रुगा खोकी हो भन्दै स्थानिय जडिबुटी तितो,कटुको पकाएर खाने र ४,५ दिनमा सन्चो हुने गरेको बताउनुहुन्छ ।

जटिल संक्रमितलाई रिफर
जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जिल्लामा उपचारत जटिल १ जना कोरोना संक्रमितलाई थप उपचारका लागी जिल्ला बाहिरका अस्पतालहरुमा उपचार गर्न बुधबार रिफर गरेको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिकामा रहेको कणाली माध्यामिक विद्यालयका प्रधानाध्यापक गोविन्द्र ढकाललाई कोभिडका कारण स्वास्थ्यमा समस्या बढदै गएपछि उहाँ कै परिवारको निजी लगानीमा थप उपचारका लागी बुधबारै कैलास हेलिकप्टर सर्भिसेसको हेलिकप्टरबाट काठमाडौ स्थित हेम्स अस्पतालमा पठाईएको हो ।दुर्गमका अस्पतालमा आईसियु र भेन्टिलेटर नहुदा जटिल कोरोना संक्रमितहरुको उपचार गर्न समस्या हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर