टोकियो -जापानी राजकुमारी माको प्रेमी केइ कोमुरोसँग छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन् । परम्परागत तामझामबिना नै यो जोडीेले विवाह गर्न लागेको हो । सर्वसाधरण नगारिकसँग विवाह गरे लगत्तै २९ वर्षीय माकोको राजकुमारीको पदवी सकिनेछ ।
माकोले आफ्नो कलेज जीवनदेखिका प्रेमी कोमुरोसँग विवाह गर्ने दुई बर्षअघि घोषणा गरेकी थिइन् । तर, तयारीको अभाव देखाउँदै विवाह स्थगित गरेकी थिइन् ।
राजकुमारी माको जापानी सम्राट अकिहितोकी जेठी नातिनी हुन्् । राजकुमारीसँग विवाह गर्ने निधो हुनुअघि कोमुरोको पारिवारिक सल्लाहमा नै एक युवतीसँग विवाह गर्ने तय भएको थियो । विवाह गर्न लागेकी युवतीकी आमासँग कोमुरोकी आमाको लेनदेन विवादका कारण राजकुमारीसँगको विवाहमा ढिलाइ भएको बताइएको छ ।