क्यान्सरका कारण काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलालको निधन, भोलि काठमाडौंमा शोक विदा दिइने — OSNepal

क्यान्सरका कारण काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलालको निधन, भोलि काठमाडौंमा शोक विदा दिइने

LC (KTM) September 02, 2021 0

काठमाडौँ । क्यान्सरका कारण  काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ । उनको नर्भिक अस्पतालमा उपचारका क्रममा साझ निधन भएको हो । क्यान्सरबाट पीडित ६५ वर्षीया श्रेष्ठलाई
क्यान्सरको उपचार नर्भिक अस्पतालमा गराउदै आइएको थियो ।

श्रेष्ठलाई गएको डेढ महिनाअघि खाना नलीमा क्यान्सर देखिएको थियो । यसको उपचारका क्रममा उनलाई दोस्रो चरणको किमो दिइसकिएको थियो ।

श्रेष्ठको निधनमा महानगरले भोलि शुक्रबार एक १ दिन शोक विदा दिने भएको छ । उनको शव भोलि विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिने बताइएको छ । श्रेष्ठका श्रीमती ३ छोरी र १ छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर