वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था बुझन् प्रधानमन्त्री देउवा पुगे निवास — OSNepal

वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था बुझन् प्रधानमन्त्री देउवा पुगे निवास

LC (KTM) September 02, 2021 0

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेता झलनाथ खनालसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री देउवाले डल्लुस्थित खनाल निवास पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । भारतबाट मिर्गौला प्रत्यारोपण गरी हालै स्वदेश फर्किनुभएका खनाललाई प्रधानमन्त्री देउवाले भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले नेता खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिनुका साथै उहाँको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर