प्रधानन्यायाधीश जवरा विनाको संवैधानिक इजलास रोक्न सर्वोच्चले जारी गर्यो अन्तरिम आदेश — OSNepal

प्रधानन्यायाधीश जवरा विनाको संवैधानिक इजलास रोक्न सर्वोच्चले जारी गर्यो अन्तरिम आदेश

LC (KTM) September 02, 2021 0

काठमाडौंँ १७ भदौ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा विनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

आज बिहिबार न्यायाधीश हरि फुयालको इजलासले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश जवरा विनाको संवैधानिक इजलासमा नर्ग अन्तरिम आदेश जारी गरेको हो ।

यस भन्दा अघि यो सुनुवाई प्रधानन्यायाशीध बिदामा बस्ने भएका थिए । आदेशमा भनिएको छ , ‘हाल संवैधानिक इजलासमा चलिरहेको संविधानको धारा २८४ बमोजिम संवैधानिक परिषदमा सदस्य रहने प्रधानन्यायाधीश उक्त इजलासमा बस्ने वा नबस्ने भन्ने विषय समेतलाई टुंगो गरी संवैधानिक इजलासका सम्बन्धित मुद्दाहरु निर्णय गर्नुपर्ने देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त मुद्दाहरुको सुनुवाई नगर्नु नगराउनु भनी ‘ अन्तरिम आदेश जारी गरिदिएको छ’

जारी गरिएको आदेश यस्तो छ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर