गोरु काट्दै गरेको अवस्थामा पाँच जना पक्राउ — OSNepal

गोरु काट्दै गरेको अवस्थामा पाँच जना पक्राउ

LC (KTM) September 02, 2021 0

काठमाडौं १७ भदौ । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले गोरु काट्दै गरेको अवस्थामा ५ जनालाई आज बिहिबार बिहान पक्राउ गरेको छ ।

शंखरापुर नगरपालिका–३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा सोही नगरपालिका-३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

दुई वटा गोरु काट्दै गरेको करिब ५ सय किलो मासु सहित प्रहरीले निजहरुलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले अनुशन्धान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर