चितवनको भरतपुर अस्पतालमा अख्तियारको छापा — OSNepal

चितवनको भरतपुर अस्पतालमा अख्तियारको छापा

LC (KTM) September 02, 2021 0

काठमाडौं १७ भदौ । चितवनको भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

अस्पतालको फार्मेसीमा अनियमितता भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको उपसचिव विष्णु प्रसाद सापकोटासहित ५ जनाको टोली अस्पताल पुगेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग दिएको जानकारी अनुसार टेन्डर सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसीका तर्फकालाई नदिएर सिएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतको विषयमा उजुरी परेकोले अस्पतालमा छापा मारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर