आगामी हप्तादेखि विद्यालय खोल्ने काठमाडौं महानगरपालिकाको तयारी — OSNepal

आगामी हप्तादेखि विद्यालय खोल्ने काठमाडौं महानगरपालिकाको तयारी

LC (KTM) September 02, 2021 0

काठमाडौँ १७ भदौ । जिल्ला प्रशासन कार्यालयले हिजो जारी भएको निर्देश्न अनुरुप काठमाडौं महानगरपालिकाले आगामी हप्तादेखि विद्यालय खोल्ने तयारी सुरु गरेको छ ।

उपत्यकामा विद्यालय खोल्ने भए स्मार्ट–लकडाउन कार्यविधि अनुसार काठमाडौंको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँगको समन्वयन गर्ने भनिएसँगै महानगरले यस विषयलाई प्राथमिकता दिएको छ ।

महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले दिएको जानकारी अनुसार शिक्षा समितिका पदाधिकारीसँग छलफल गरेर आउने साताबाट विद्यालय सञ्चालन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर