कोरोनाका कारण आँखा रोग विशेषज्ञ पूज्यश्री कार्कीको निधन — OSNepal

कोरोनाका कारण आँखा रोग विशेषज्ञ पूज्यश्री कार्कीको निधन

LC (KTM) May 19, 2021 0

काठमाडौं- कोरोना संक्रमणबाट आँखा रोग विशेषज्ञ प्रा।डा। पूज्यश्री कार्कीको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान करिब २ बजे निधन भएको बताइएको छ । १० दिनअघि संक्रमण पुष्टि भए लगत्तै किस्ट मेडिकल कलेजमा भर्ना भएर सात दिनसम्म आईसीयूमा राखेर उपचार गर्दा पनि स्वास्थमा सुधार नआएपछि तीन दिनअघि नर्भिक लगिएको थियो । बायल्याट्रल निमोनियाका कारण उनको निधन भएको चिकित्सकले बताएका छन् ।

प्रा। डा। कार्की विगत १३ वर्षदेखि किष्टमा आँखा रोग विभागको प्रमुखको रुपमा कार्यरत थिइन् । उनका पति मिलेस सिंजापती पनि चिकित्सक नै हुन् । वीपी विज्ञान राष्ट्रिय प्रतिष्ठान धरानबाट आँखामा एमडी गरेकी डा। कार्कीले २०६५ सालमा लेक्चरलको रुपमा किस्ट अस्पतालमा सेवा प्रारम्भ गरेकी थिइन् ।

आँखा रोगसम्बन्धी जनशक्ति उत्पादनमा उनको योगदान महत्वपूर्ण छ । उनको नेतृत्वमा झण्डै सात ब्याज विद्यार्थीले एमबीबीएस पास गरिसकेका छन् । पति मिलेस पनि किष्ट मेडिकल कलेजमै कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर