गण्डकीमा मुख्यमन्त्री गुरूङले दिपक मनाङेसहित नियुत्त गरे ५ जना मन्त्री — OSNepal

गण्डकीमा मुख्यमन्त्री गुरूङले दिपक मनाङेसहित नियुत्त गरे ५ जना मन्त्री

LC (KTM) May 19, 2021 0

पोखरा ५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले दीपक मनाङे सहित ५ जना मन्त्री नियुक्त गरेका छन् । आजको गरेको मन्त्रिपरिषद् विस्तारमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

युवा तथा खेलकुदमन्त्रीमा दीपक मनाङे,किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा नियुक्त भएका छन् । सपथ ग्रहण कार्यक्रममा दीपक मनाङे भने सहभागी भएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर