नेपालमा देखिएको कोरोनाको नयाँ भेरिअन्टबारे यस्तो नयाँ तथ्य फेला — OSNepal

नेपालमा देखिएको कोरोनाको नयाँ भेरिअन्टबारे यस्तो नयाँ तथ्य फेला

LC (KTM) May 20, 2021 0

नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएको मङ्गलवार पुष्टि भएसँगै त्यो भाइरसको प्रकृतिबारे मानिसहरूले चिन्ता र चासो व्यक्त गर्न थालेका छन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतको एउटा प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा बी.१.६१७.२ भेरिअन्ट र बी.१.६१७.१ भेरिअन्ट पुष्टि भएको हो।

हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरिअन्ट पुष्टि भएको मन्त्रालयद्वारा मङ्गलवार साँझ जारी विज्ञप्तिमा उल्लेख छ।विश्व स्वास्थ्य सङ्गठनले मे महिनामा त्यसलाई भेरिअन्ट अफ ग्लोबल कन्सर्न भनेर वर्गीकरण गरेको थियो।अरू भेरिअन्टको तुलनामा बी.१.६१७ को उत्परिवर्तन अझ सजिलै हुने प्रारम्भिक अध्ययनहरूबाट देखिएको र त्यसबारे थप अध्ययन आवश्यक रहेको मे ११ तारिखमा डब्ल्यूएचओले भनेको थियो।

यो कस्तो भेरिअन्ट हो?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत वर्षको अक्टोबर महिनामा भारतमा पहिलो पटक बी.१.६१७ भेरिअन्ट पुष्टि भएको थियो।डब्ल्यूएचओले मे १२ तारिखमा जनाएअनुसार त्यो दिनसम्म ४४ वटा देशमा उक्त भेरिअन्ट देखिएको थियो।

‘नेपालमा कोरोनाभाइरसको नयाँ प्रकार फेला पर्‍यो’: स्वास्थ्य मन्त्रालय

नेपालमा सरकारी अनुमानझैँ दैनिक ११,००० सङ्क्रमित थपिए के होला “भारतसँग खुला सिमाना रहेको नेपालमा पछिल्लो समय तीव्र गतिमा सङ्क्रमण बढ्न थालेपछि भारतमै देखिएको भेरिअन्ट हो कि भन्ने आशङ्का थियो।”

“त्यो चाहिँ अहिले सत्य साबित भएको छ,” अमेरिकाको मिनसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेयो क्लिनिकमा कार्यरत भाइरोलोजिस्ट डा. सुदीप खड्काले बुधवार टेलिफोनमा भने।नेपालमा पूरै जिनोम सिक्वेन्सिङ गर्न सक्ने अवस्था नभएका कारण पुष्टि हुन समय लागेको उनी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर