२०३ बोरा मटर बरामद — OSNepal

२०३ बोरा मटर बरामद

Kesh Karki (USA) September 02, 2021 0

नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा महोत्तरी प्रहरीले गए राति २०३ बोरा मटर बरामद गरको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बहेडा गाउँस्थित रामकृपाल साहको सटरमा भण्डारण गरी राखेको अवस्थामा मटर (केराउ) बरामद गरिएको हो ।

एउटा बोराभित्र २५ किलोका दरले प्याक गरिएको पाँच टन ७५ किलोग्राम मटर जिल्ला प्रहरी कार्यालयबाट खटी गएको विशेष टोलीले नियन्त्रणमा लिएको हो । बरामद मटर आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय मलिवाडामा बुझाइएको छ । त्यसैगरी प्रहरीले गए राति जलेश्वर–३ बाट तीन बोरा मटर र दुई बोरा सुर्तीसमेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर