सामुदायिक वनको पाँच बिघामा वृक्षरोपण — OSNepal

सामुदायिक वनको पाँच बिघामा वृक्षरोपण

Kesh Karki (USA) September 02, 2021 0

राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान २०७८ अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला देवी सामुदायिक वनको पाँच बिघा क्षेत्रफलमा कर्मचारीले वृक्षरोपण गरेका छन् ।वृक्षरोपण गरी वन क्षेत्रको विस्तार गर्ने उद्देश्यका साथ बुधबार एकै दिन सामुदायिक वनको पाँच बिघा क्षेत्रफल जग्गामा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा उक्त सामुदायिक वनमा आँप, जामुन, मसला, खयर र साललगायतका जातका बिरुवा रोपेको प्रमुख दासले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको नेतृत्वमा गरिएको वृक्षरोपणमा डिभिजन वन कार्यालयका प्रमुख, विभिन्न सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर