सरकारकाे नारा ‘कोही भोकै पर्दैन, भोकै कोही मर्दैन’, बलरूप चार वर्षदेखि सडकमै — OSNepal

सरकारकाे नारा ‘कोही भोकै पर्दैन, भोकै कोही मर्दैन’, बलरूप चार वर्षदेखि सडकमै

LC (KTM) September 02, 2021 0

मुगु, १७ भदौ- जिरिङ्ग परेका कपाल, मैलिएको ज्याकेट । बाटो छेउमै ओछ्यान । मुगुमकार्मारोङ गाउँपालिका-९ छाइलका बलरूप बुढा चार वर्षदेखि सडकमै छन् । सडकमै खान्छन्, सडकमै सुत्छन् ।

सरकारले ‘कोही भोकै पर्दैन, भोकै कोही मर्दैन’ नारा ल्याएकाे छ । मुलुकमा तीन तहका सरकार भए पनि बुढालाई कसैले हेरेको छैन । घरपरिवारका सबैको मृत्यु भएको र सम्पति अरूल हडपेपछि आफू सडकमा पुगेको बुढाको दाबी छ ।

नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधा नपाएको गुनासो गर्ने उनी भन्छन्, ‘अहिले मसँग कोही पनि छैन, केही पनि छैन । एक गास भात पनि मागेर खान्छु ।’

छाइल बजारमा व्यापार गर्दै आएका मानबहादुर शाहीले ‘बचेको खाना’ बुढालाई दिने गरेको बताए । खान नपाएर रुँदै आउँदा खाना दिने गरेको उनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर