कक्षा १२ को परीक्षा भदौ ३० देखि — OSNepal

कक्षा १२ को परीक्षा भदौ ३० देखि

LC (KTM) September 01, 2021 0

काठमाडौं, १६ भदौ-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको आज बसेको बैठकले भदौं ३० गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए । बोर्डले आजै परीक्षातालिका समेत सार्वजनिक गरेको छ । उनले संक्रमण घट्दै गएपछि परीक्षा गर्न थालिएको बताए ।

यसअघि कोरोना भाइरस संक्रमणको कारणले साउन ३१ गतेदेखि हुने भनिएको परीक्षा स्थगित गरिएको थियो । संक्रमण घट्दै गएपछि यही भदौ ३० देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालनको कार्यतालिका सार्वजनिक गरिएको छ । परीक्षा होमसेन्टरमा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर