काठमाडौंका प्राञ्जल चालिसे ग्लोकल टीन हिरो २०२१ उपाधिबाट सम्मानित — OSNepal

काठमाडौंका प्राञ्जल चालिसे ग्लोकल टीन हिरो २०२१ उपाधिबाट सम्मानित

LC (KTM) September 01, 2021 0

काठमाडौँ -ग्लोकल प्रा. लि. द्वारा आयोजित “ग्लोकल टीन हिरो २०२१” को उपाधि प्राञ्जल चालिसेले, जित्न सफल भएका छन् । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो सातौं संस्करण हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा आज अन्लाईन कार्यक्रमको बिच ग्लोकल टीन हिरो नेपाल, २०२१ को घोषणा गरिएको हो। कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउबाज्युले पनि शुभकामना सन्देश मार्फत कार्यक्रमको सफल सन्चालन तथा समापनका लागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी अनुराग चापागाईं, यूटुबर, दीपक सुतिहार, सामाजिक उद्यमी, खुस्बु भण्डारी, वन्यजन्तु संरक्षणवादी, नेहा गुरुङ, सामाजिक अभियन्ता, र प्राञ्जल चालिसे, टेक्नोप्रेनेउर बीच प्रतियोगिताको बिजेता चयन गरिएको थियो । प्राञ्जलले दृष्टि नेपाल को आविष्कार गरी दृष्टि विहिन समुदायलाई मुद्रा बिल पहिचान र नगद लेनदेनमा मद्दत गरिरहेका छन । त्यस्तै गरी, उनले कृषि समाचार र प्रामाणिक स्रोतहरु बाट जानकारी प्रदान गर्ने एक मोबाइल एप निर्माण गरेका छन् जसबाट किसानहरुलाई मद्धत मिलेको छ ।

महिलाहरुको सुरक्षा सुनिश्चित गर्न एवम सुरक्षा कारणहरुका कारण अवसरहरु बाट वञ्चित हुन नपरोस भन्नका लागि उनले एक महिला सुरक्षा एप पनि निर्माण गरेका छन्। उनको अन्य दुई शैक्षिक एपहरु छन् जसमा ७५०० प्रयोगकर्ताहरु छन । प्रान्जलले एक गैर नाफामुखी टेक्नोलोजी उद्यम “ई–शिक्षिका नेपाल” को शुरुवात गरेका छन, जसले अनलाइन शिक्षाको गुणस्तर बढाउने तथा शैक्षिक स्रोतहरुलाई अझ सुलभ बनाउन मद्धत गर्दछ । उनी नेपाल फाउन्डेसन इनिसिएटिभ बोर्ड को सदस्य हुन् र हाल ब्लकचेन टेक्नोलोजी र स्मार्ट ठेक्काहरु र टेक्नोलोजिकल उन्नतिले विस्तारित लेनदेन प्रक्रियाहरुको लागतलाई कम गर्न को लागी के गर्न सकिन्छ भन्ने अनुसन्धानमा काम गरिरहेका छन।

देश भरिका किशोर किशोरीहरुबाट कुल ६११ आवेदन आएकोमा आज ग्लोकल टीन हिरो उपाधिबाट सम्मानित गरिएको हो । यी किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।
यस बर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत श्रीमती नोना डेप्रेज, गोल्डस्टारको मार्केटिंग, ब्रान्डि र व्यवसाय विकास निर्देशक, श्रीमती विधुसी राणा, सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक श्री वरुण चौधरी, नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक श्री आदर्श अवस्थी, र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष, श्री सौरभ ज्योति, रहनु भएको थियो । यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले दिन लामो क्षमता बिकास कार्यशालामा सहभागी हुने अवसर प्राप्त गरेका थिए । अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता भएको थियो र आजको समरोहमा २०२१ को बिजेता घोषणा गरिएको थियो।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन ग्लोकलसँग बिभिन्न सँगसंस्थाहरु साझेदारका रुपमा जोडीनु भएको थियो । ग्लोकल प्रा लिले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास, युनेस्को र युरोपेली संघ, आधिकारिक होटल साझेदार का रुपमा द् सोल्टी होटेल, पार्ट्नरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम, डब्ल्यूडब्ल्यूएफ नेपाल, द् ब्रिटिश कलेज, आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटी ,एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, शिक्षा पार्ट्नरमा किङ्स कलेज, विद्या संस्कार र चेल्सी कलेज, पी आर पार्ट्नरमा भी – चित्र, टेलिभिजन पार्ट्नरमा योहो टेलिभिजन र समर्थकमाः वर्ल्ड लिंक, ईसेवा, यु यन भि,गेनेसे क्लाउड एकेडेमी, आईसेक, क्विक्स र भ्यू योर चोइस रहेका छन ।किशोरावस्था र उनीहरूको सामाजिक कार्य परियोजनाहरूको राष्ट्रिय मान्यतालाई प्रोत्साहित गर्नु बाहेक, ग्लोकल टीन हीरो अवार्डले युवा नेतृत्व, नवीनता, र देशभर सामाजिक दृष्टिकोणले सकारात्मक प्रभाव पार्ने दिशामा उनीहरूको पाइलाहरू अनुसरण गर्न प्रेरणा दिइरहेका छ् र प्रशस्त अवसरहरू प्रदान गर्दै आएको छ ।

वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन २०२१ सम्पन्न
ग्लोकलले अगस्ट २८, २९ र ३० गतेका दिन वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन पनि भव्यताका साथ सम्पन्न भएको थियो । राष्ट्रिय विकासका बाधाहरु र संसारका विविन्न मुद्धाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको रुपमा आयोजना गरिएको थियो । यस सम्मेलनमा राष्ट्रिय तथा अन्तरास्ट्रिय किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो । यसबर्षको सम्मेलन ग्लोकलको पाँचौं संस्करण रहेको थियो भने नेपाल, भारत, पाकिस्तान, बंगलादेश, मेक्सिको, संयुक्त राज्य अमेरिका, फिलिपिन्स, ट्युनिसिया, र लाइबेरिया लगाएतका देशहरुबाट उनीहरु सम्मेलनमा अन्लाईन उपस्थिती जनाएका थिए। उक्त सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टा छुट्टै प्यानल छलफल भएको थियो । प्यानल छलफलका विषय उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्‍टिकोण रहेको थियो ।
ग्लोकल अन्तरास्ट्रिय टिन सम्मेलन एक त्यस्तो मंच हो जहाँ किशोरकिशोरीहरुले उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्‍टिकोण बारेमा सिक्न सक्छन । मित्रता गास्न र एक अर्काको संस्कृति बझन अन्तरक्रिया कार्यक्रम पनि राखिएको थियो । ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन संसारभरीका किशोरकिशोरीहरु संग सञ्जाल को शुरुवात र विकास को अवसरहरु पहिचान गर्ने अवसर हो। दिगो मित्रता निर्माण र सांस्कृतिक आदानप्रदान का साथै उनीहरूको विचारहरु, दीक्षा, अन्तरदृष्टि, दृष्टिकोण र अनुभव साझा गर्न र विश्व मामिला आधारित प्रभावमा किशोरकिशोरीहरुलाई प्रतिबिम्बित गर्नु पनि यो सम्मेलन को लक्ष्य हो ।

सम्मेलनको दौरान बिभिन्न सत्र र प्यानल छलफलका साथै विभिन्न कार्यशालाहरू पनि आयोजना गरिएको थियो। कार्यशाला श्री शौरब लोहानी ज्युद्वारा सी द अन्सीन नामक कार्यशाला आयोजना गरिएको थियो त्यस्तै, उद्यमशीलता सम्बन्धी कार्यशाला मुवर्श टिमले सन्चालन गरेको थियो।
सम्मेलनको एक सबै भन्दा रोमाञ्चक क्षेत्र परामर्श सत्र थियो । सम्मेलनका सहभागीहरूले शिक्षा, उद्यमशीलता, कूटनीति, लगायत नेपालका विभिन्न क्षेत्रका नेताहरूसँग कुराकानी गर्ने अवसर पाएका थिए। परामर्शदातामासुश्री फैजा परविन, ओपन स्पेस नेटवर्कका संस्थापक, श्री राजेन्द्र सुवाल, डब्लु डब्लु यफ नेपालका साझेदार उप निर्देशक, श्री गौरव कँडेल, संस्थापक,भ्यू योर चोइस; नेक्स्ट भेन्चर कपका संस्थापक÷प्रबन्ध श्री कवि राज जोशी, ; के डब्लु यस् स्कूलका प्रिन्सिपल श्री केशर खुलाल, कारखाना सह संस्थापक ÷ मुख्य कार्यकारी अधिकारी श्री पवित्र गौतम, ईसेवाका मुख्य परिचालन अधिकारी श्री रोशन लामिछाने, र सुश्री प्रतिभा श्रेष्ठ, वरिष्ठ कार्यक्रम संयोजक, शिक्षा शाखा, युनेस्कोबाट अन्तरकृया गर्नु भएको थियो।तीन दिने वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन विभिन्न देशका प्रतिभाशाली किशोर किशोरीहरुको उपस्थिति र उत्पादक अन्तर्क्रिरया, छलफल र प्रेरणादायक परामर्शसत्र सहीत औपचारिक रुपमा सफलतापूर्वक समापन गरीयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर