औषधीय गुणले युक्त वनस्पति गुर्जोका बिरुवा चोरी भएपछि तारजालीले संरक्षण गर्ने अभियान सुरु — OSNepal

औषधीय गुणले युक्त वनस्पति गुर्जोका बिरुवा चोरी भएपछि तारजालीले संरक्षण गर्ने अभियान सुरु

LC (KTM) September 01, 2021 0

काठमाडौं १६ भदौ । काठमाडौँ उपत्यकाका बागमती नदी किनारमा रोपिएका औषधीय गुणले युक्त वनस्पति गुर्जोका बिरुवा चोरी भएपछि तारजालीले संरक्षण गर्ने अभियान सुरु भएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको सहकार्यमा देशव्यापी गुर्जोरोपण अभियानकर्मी कमलबहादुर राजलवटले ज्वागलस्थित संयुक्त राष्ट्र सङ्घीय उद्यान ९युएन पार्क० क्षेत्रमा रोपिएका गुर्जोमा तारजालीले चोर्न नसकिने गरी संरक्षण गरेका छन् ।

अन्य किनारमा रोपिएका बिरुवालाई पनि तारजालीले संरक्षण गरिने जनाइएको छ । अधिकार सम्पन्न बागमती समितिले समेत गुर्जोलाई तारजालीले संरक्षण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

गुर्जो रोपणसहित तारजालीले संरक्षण गर्न आयोजित कार्यक्रममा समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले गुर्जोजस्ता बहुउपयोगी वनस्पतिलाई नदी किनारमा रोपेर भावी पुस्ताका लागि संरक्षण गरिने प्रतिबद्धता जनाएका हुन्।

अभियानकर्मी राजलवटले काभ्रेपलाञ्चोकको पनौती, भक्तपुरको नलिन्चोकलगायत स्थलमा पनि गुर्जोरोपण गरेका छन् । गुर्जोरोपणसँगै ती स्थलमा गुर्जोबाट बनेको चिया र औषधिको धुलो पनि वितरण गरिएको छ ।

गुर्जोसँगै पारिजात, लप्सी, पत्थरचट्टा, करीपातलगायत वनस्पतिसमेत रोपिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर