घाँटी रेटी हत्या गरेको अभियोगमा एकै घरका चार जना पक्राउ — OSNepal

घाँटी रेटी हत्या गरेको अभियोगमा एकै घरका चार जना पक्राउ

LC (KTM) May 19, 2021 0

मोरङ ५ जेठ । घाँटी रेटी हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । मोरङको रंगेली नगरपालिका बडा नम्बर ३ मा हत्या गरी नहरमा फालिएको अवस्थामा २४ वर्षीया सुनिता यादव शव फेला परेको हो ।

घरबाट केहि पर फालिएको यादवको शवरंगेली ३ तिलुवा चोक स्थित नहरमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको आरोपमा मृतकको श्रीमान, देवर सासु र ससुरालाई पक्राउ गरी अनुशन्धान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर