नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको निधन — OSNepal

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको निधन

LC (KTM) May 19, 2021 0

काठमाडौँ, ५ जेठ-नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको आज ९३ वर्षका उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ । विसं २०२९ साउनदेखि २०३५ जेठसम्म उहाँ नेपालका नवौँ प्रहरी महानिरीक्षक हुनुभएका उहाँ राजदूत पनि हुनुहुन्थ्यो ।

बरालले प्रहरी सङ्गठनको प्रणाली विकास गर्ने सिलसिलामा महत्वपूर्ण योगदान गर्नुभएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताउनुभयो । प्रहरीको राशन व्यवस्थापन, ब्यारेक, अस्पताल र प्रहरी स्कूल बनाउनमा उहाँको महत्वपूर्ण योगदान रहेको प्रहरी अधिकारीहरु स्मरण गर्छन् ।

नेपाल प्रहरीको श्रीवृद्धि र उन्नतिमा अतुलनीय योगदान पु¥याउनुभएका उहाँ सङ्गठनको युगपुरुषका रुपमा स्थापित हुनुभएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । पूर्वसांसद बरालको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर