आचारसंहिता विपरीत ओलीले मौन अवधिमा मागे, बादलको लागि मत — OSNepal

आचारसंहिता विपरीत ओलीले मौन अवधिमा मागे, बादलको लागि मत

LC (KTM) May 19, 2021 0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापाको लागि भोली जेठ ६ गते हुन गइरहेको वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि थापालाई विजयी गराउनका लागि आज गरिएको अपिल आचारसंहिता विपरीत भएको निर्वाचन आयोगले जनाएको छ ।

अयोगका अनुसार जेठ ३ गतेबाट नै मौन अवधि सुरु भएकोले यस अवधिमा मत माग्न तथा प्रचार प्रसार गर्न पाइदैन । मौन अवधिमा मागेको मत आचारसंहिता विपरीत हुने आयोगले जनाएको छ । ओलीले जारी गरेको वक्तव्यमा आधिकारिक उम्मेद्धवार रामबहादुर थापा बादललाई अत्यधिक बहुमतले जिताउन पार्टी पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । साथै मत नदिए क्षम्य नहुने धम्कीसमेत दिएका छन् ।

यसरी यस्तो समयमा फेसबुक, एसएमएस , भाइबर जस्ता विद्युतीय माध्यमबाट र सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ । आचारसंहिता विपरीत मत मागेमा २०७३ अनुसार कारवाही हुने व्यवस्था रहेको छ ।आचार संहिता उल्लंघन जारी राखेमा १ लाख जरिवाना हुने समेत व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर