काठमाडौँ १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध मुद्धा दर्ता गर्ने भएको छ ।
एमाले सचेतक विशाल भट्टराईले दिएको जानकारी अनुसार आज अपरान्ह्र अदालत पुग्ने एमालेको तयारी भइरहेको छ ।
ले विवादास्पद निर्णय गरेको भन्दै नेकपा एमालेले मुद्दा दर्ता गर्ने भएको छ । दल दर्ताका क्रममा आयोगले विवादास्पद निर्णय गरेको भन्दै एमाले अदालत जाने भएको हो ।
एमालेको १४ जना सांसदलाई पार्टीको ह्रिप विपरित काम गरेको भन्दै कारवाही गरेको सुचना सचिवालय पटाउँदा समेत सभामुख सापकोटाले यस विषयमा जानकारी नगराएको ।
आयोगले पनि पार्टीले कारबाही गरेका १४ सहित ३० सांसदहरूले नयाँ दल दर्ता गर्दै सनाखत गर्न बोलाएको भन्दै एमालेले आयोगविरुद्ध मुद्दा दर्ता गर्ने भएको हो ।