एमालेबाट अलग भएका यि दुई नेताले पनि गरे माधव नेपालको पक्षमा सनाखत — OSNepal

एमालेबाट अलग भएका यि दुई नेताले पनि गरे माधव नेपालको पक्षमा सनाखत

LC (KTM) September 01, 2021 0

विराटनगर, १६ भदौ । प्रदेश १ का सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले नेकपा ९एकीकृत समाजवादी०को पक्षमा सनाखत गरेका छन् । एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि संघीयदेखि प्रदेशसभा सचिवालयमा सांसदहरुले आफ्नो दल रोजिरहेका छन् ।

सोहीक्रममा उनीहरु बुधबार निर्वाचन आयोगमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । प्रमाणपत्र हराएकाले उनीहरुले ढिलो गरी सनाखत गरेका हुन् । यसअघि आठ जना सांसदले सनाखत गरिसकेका छन् ।

दल विभाजन अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्ने समयसीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर