महेश बाबुसँग जोडी बाध्दै नायिका शिल्पा शेट्टी ! — OSNepal

महेश बाबुसँग जोडी बाध्दै नायिका शिल्पा शेट्टी !

LC (KTM) May 19, 2021 0

एजेन्सी-बलिउड अभिनेत्री शिल्पा शेट्टी तेलुगु फिल्म देखिने भएकी छन् । उनी २० वर्षपछि तेलुगु फिल्ममा देखिन लागेको समाचारमा जनाइएको छ । महेश बाबु अभिनित फिल्म ‘एसएसएमबि २८’बाट उनी अभिनयमा फर्कन लागेको बताइएको छ ।ल्ममा शिल्पाको भूमिका महेश बाबुको काकीको रहेको छ ।

तर, शिल्पाले फिल्मको बिषयमा आधिकारीक पुष्टि गर्न बाँकी छ । फिल्मलाई त्रिविक्रम श्रीनिवासको निर्देशन गर्ने छन् । केही दिन अगाडि फिल्मको मुख्य भुमिकाको दौडमा जान्हवी कपुर र पूजा हेगडे सामिल भएको समाचार आएको थियो ।१९९६मा ‘शशा वीरुदु सागरा कन्या’बाट तेलुगु फिल्ममा शिल्पाले डेब्यु गरेकी थियन् ।

अब फेरी २० वर्षपछि तेलुगु फिल्ममा अभिनय गर्ने खबरले उनका फ्यानहरु खुशी भएका छन् । शिल्पा पछिल्लो समय २००१मा रिलिज फिल्म ‘भलेवादिवी बैसु’मा देखिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर