नेपालको साथ छोडेका भट्टराईले भने -अन्तिममा माधव नेपालले यो प्रस्ताव अस्विकार गर्नुभयो — OSNepal

नेपालको साथ छोडेका भट्टराईले भने -अन्तिममा माधव नेपालले यो प्रस्ताव अस्विकार गर्नुभयो

LC (KTM) September 01, 2021 0

काठमाडौं १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सचिव योगेश कुमार भट्टराईले आफुहरु सुरु देखि नै पार्टी एकताको पक्षमा भएको बताएका छन् ।

हिजो राति एक कार्यक्रममा सहभागी नेता भट्टराईले एकताको लागि १० बुँदे सहमतिमा माधव नेपालको पनि सर्मथन रहेकोले सहमति पत्र बोकेर घनश्याम भुषाल नेपाल निवास पुगेको बताएका छन् ।

यता अध्यक्ष केपी ओली नेपाललाई अध्यक्ष बनाउन पनि सहमत भएको बताएका उनले भने,‘महाधिवेशनसम्म दुई वटा अध्यक्ष बनाउनको लागि उहाँ तयार हुनुहुन्थ्यो, तर अन्तिममा माधव नेपालले यो प्रस्ताव अस्विकार गर्नुभयो ।’

कार्यक्रममा उनले नेपाल एमालेको बाटो छोडेर अन्त हिड्न नसक्ने पनि बताएका छन् । साथै अध्यक्ष ओलीले संसद विघटन गरेकै कारण भने एमाले विभाजन नभएको उनको दावी रहेको छ ।

नेपाल समुहले भन्दै विद्रोह शब्दलाई उनले पार्टी विभाजन हुँदैमा विद्रोह भन्न नमिल्लने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर