काभ्रेका अर्जुन लामालाई जिउँदै खाल्डोमा पुरेको अभियोगमा सभामुख सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्न नमिल्ने — OSNepal

काभ्रेका अर्जुन लामालाई जिउँदै खाल्डोमा पुरेको अभियोगमा सभामुख सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्न नमिल्ने

LC (KTM) September 01, 2021 0

काठमाडौँ । १६ भदौ । काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको विचाराधिन मुद्दामा आज बुधबार पनि सुनुवाइ नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका थिए । तथापी उक्त मुद्धा हेर्न नमिल्नेमा परेको अदालत प्रशासनले जनाएको छ ।

सशस्त्र द्वन्द्वमा २०६२ वैशाख १६ गते श्री कृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाटै अपहरण गरी लामालाई साउनको तेस्रो साता खाल्डो खन्न लगाई उक्त खाल्डोमा जिउँदै लामालाई पुरेको भन्दै मृतककी पत्नी पूर्णिमायाले २०६४ सालमा सापकोटाविरुद्ध जाहेरी दिएकी थिइन् ।

लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा सापकोटाविरुद्ध जाहेरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर