माधव नेपाल समुहलाई लक्षित गर्दै थापाले भने, पदलोलुप र नैतिकहराम मानिसहरुले पार्टी छाडेकोले एमाले शुद्धिकरण भयो — OSNepal

माधव नेपाल समुहलाई लक्षित गर्दै थापाले भने, पदलोलुप र नैतिकहराम मानिसहरुले पार्टी छाडेकोले एमाले शुद्धिकरण भयो

LC (KTM) September 01, 2021 0

काठमाडौं भदौ १६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता कर्ण थापाले माधव नेपाल समुहलाई लक्षित गर्दै पदलोलुप र नैतिकहराम मानिसहरुले पार्टी छाडेकोले एमाले शुद्धिकरण भएको बताएका छन् ।

आज बुधबार बिहान एक कार्यक्रममा नेता थापाले पद, पैसा, सत्ता, शक्ति र मन्त्रीका लागि जे पनि गर्ने पदलोलुप र नैतिकहराम मानिसको समुहले पार्टी छोडेकोले आफुहरुलाई कुनै अप्ठ्यारो नपरेको जनाएका हुन् ।

अहिले बाहिरबाट हेर्नेलाई नयाँ होला, हामीलाई केही नयाँ लागेको छैन । दुई वर्षदेखि एमालेविरोधी कित्तामा लागेका व्यक्तिले अहिले पार्टीमा नरहेको घोषणा गरेका मात्र हुन् ।

उनले अघि भनेका छन्, ‘त्यसले हामीलाई कुनै अप्ठ्यारो पर्दैन । यो पद, पैसा, सत्ता, शक्ति र मन्त्रीका लागि जे पनि गर्ने मूल्यहीन राजनीतिको परिणाम हो । अब एमालेमा शुद्धीकरण हुन्छ, त्यसैले चिन्तित छैनौं’ ।

नेपाल नेतृत्व नेकपा एकिकृत समाजवादी पार्टीलाई लक्षित गर्दै उनले वडाध्यक्षमा समेत योग्य नभएका सुदूरपश्चिम प्रदेशसभा १३ जना सांसद पार्टी छोड्ने पहिल्यै थापा पाएको बताएका छन् । असल र योगदान भएका मानिसलाई पन्छाएर गुटगत आधारमा त्यस्तै मानिसलाई टिकट दिइएको थियो ।

‘तिनीहरु अर्को पार्टीम जान्छन् भन्ने पहिले नै थाहा थियो । अब सरकारमा जाऊन्, मन्त्री खाऊ्न्, जनताका अगाडि अझ प्रस्ट हुन्छ । नामकरण नभएको र कन्तबिजोग हुने पार्टीमा लागेका छन् । बीउ नै गलत रोपेपछि हुने यही हो’ उनले भने ।

साथै उनले बाग्मती र प्रदेश १ मा आफ्नो सरकार ढलेपनि कुने फरक नपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर