गृहमन्त्री थापाको लागि प्रधानमन्त्री ओलीको अपिल — OSNepal

गृहमन्त्री थापाको लागि प्रधानमन्त्री ओलीको अपिल

LC (KTM) May 19, 2021 0

काठमाडौं ५ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको उपनिवार्चनमा गृहमन्त्री राम बहादुर थापालाई मतदान गर्न अपिल गरेका छन् ।ओलीले आज एक वक्तव्य नै निकालेर भोली जेठ ६ गते हुन गइरहेको निवार्चनमा आधिकारिक उम्मेद्धवार रामबहादुर थापा बादललाई अत्यधिक बहुमतले जिताउन पार्टी पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री समेत रहेको पार्टीका अध्यक्ष ओलीले जारी गरेको वक्तव्यमा भनिएको छ ,“यस निर्वाचनमा हाम्रो एकतावद्ध संकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाईमा पुर्याउनेछ । अतः यस निर्वाचनमा पार्टीका उम्मेद्धवार माननीय रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु ।

पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्, कतिपय नेताका अवसरवादी एवम् विभाजनकारी व्यवहारका कारण भंग नेकपाको विरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्ने छ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर