महिना दिनपछि इन्द्रावती तेस्रोबाट विद्युत उत्पादन सुचारु — OSNepal

महिना दिनपछि इन्द्रावती तेस्रोबाट विद्युत उत्पादन सुचारु

LC (KTM) August 31, 2021 0

सिन्धुपाल्चोक -मेलम्ची इन्द्रावती नदिमा आएको लगातारको बाढीका कारण साउन १७ गते देखि बन्द रहेको इन्द्रावती तेस्रो जलविद्युत केन्द्र पुनः सञ्चालनमा आएको छ । ७.५ मेगावाट क्षमताको उक्त आयोजना करिब एक महिना पछि सञ्चालनमा आएको हो ।

यसअघि पनि असार १ गतेको मेलम्ची इन्द्रावती नदिको बाढीले क्षति पुर्याएको आयोजना डेढ महिना बन्द भएर साउन १४ गतेबाट संचालनमा आएको थियो । साउन १७ गते पुनः आएको बाढीले मेलम्ची नगरपालिका १२ सिन्धुखोलामा बगाएको दुई ओटा टावर महिना दिन भित्रमा अस्थायी पुनःनिर्माण गरि विद्युत उत्पादन सुचारु गरीएको केन्द्रका का.मु.प्रमुख ईन्जिनियर बसन्तलाल कणर्ले जानकारी दिनुभयो ।

असार १ गतेको इन्द्रावती नदिमा आएको बाढीले जलविद्युत केन्द्रको तिपेनीस्थित बाँधमा क्षति पु¥याएको थियो भने मेलम्ची खोलामा आएको बाढीले दुई वटा टावर बगाएको थियो । तिपेनी स्थित बाँध क्षेत्रमा बाढीले भत्काएको आधा संरचना खोलामा पानीको सतह बढी भएकाले अहिले पुनर्निर्माण गर्न नसकिएको कणर्ले बताउनुभयो । हिउँदमा गरिने पुनर्निर्माणका लागि थप ४ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर