बाँकेमा एकै रातमा १७ जना कोरोना सङ्क्रमितको मृ त्यु भएपछि अवस्था झनै डरलाग्दो बन्यो — OSNepal

बाँकेमा एकै रातमा १७ जना कोरोना सङ्क्रमितको मृ त्यु भएपछि अवस्था झनै डरलाग्दो बन्यो

LC (KTM) May 19, 2021 0

बाँके- बाँकेका अस्पतालमा उपचाररत थप १७ जना कोरोना सङ्क्रमितको एकै रातमा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गए रातिदेखि आज बिहानसम्ममा १७ जनाको मृ त्यु भएको छ । उपचारका क्रममा मृ त्यु हुनेमा आठ बाँके र नौजना बाहिरी जिल्लाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताउनुभयो । यससँगै बाँकेमा कोरानाबाट २५४ र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउँदा २१० जनाको मृ त्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति वलीले बताउनुभयो ।

अक्सिजन प्लान्टका लागि बजेट स्वीकृत
पाल्पामा अक्सिजन प्लान्ट निर्माणका लागि बजेट स्वीकृत भएको छ । पूर्व भूमिसुधारमन्त्री दलबहादुर रानाको पहलमा गृह जिल्ला पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्न तत्कालका निम्ति रु एक करोड ५० लाख स्वीकृत भएको हो । जिल्ला समन्वय समिति र कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लामा कोरोना सङ्क्रमण दर बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालमा प्लान्ट स्थापना गर्नका लागि बजेट माग भएअनुसार स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको सङ्घीय सांसद रानाले बताउनुभयो ।

सङ्क्रमणदर बढ्दै जाँदा बिरामीलाई अक्सिजन आवश्यकता हुने र जिल्लामा अक्सिजन प्लान्ट नहँुदा अक्सिजन आपूर्ति गर्न समस्या भएकाले जिल्ला अस्पतालमा दु्रत गतिमा काम शुरु गर्ने योजना रहेको जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मीरा मरासिनीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर