आधा बाटोबाटै हराएका सुदूरपश्चिमका ३ प्रदेश सांसदमध्ये कुलवीर चौधरी सम्पर्कमा — OSNepal

आधा बाटोबाटै हराएका सुदूरपश्चिमका ३ प्रदेश सांसदमध्ये कुलवीर चौधरी सम्पर्कमा

LC (KTM) August 31, 2021 0

धनगढी, १५ भदौ-माधव नेपालको नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका २ सांसद सम्पर्कविहीन भएका छन् । सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदैगर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएकोमा एक जना भने सम्पर्कमा आएका छन् ।

बाटोबाट तारालामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज सम्पर्कविहीन भएकोमा कुलवीर चौधरी केही समयपछि सम्पर्कमा आएका हुन् । उनी निर्वाचन कार्यालय पुगिसकेका छन् ।अन्य दुई सांसदको खोजी भइरहेको समाजवादीतिर लागेका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर