भरियाका भरमा नूनतेल — OSNepal

भरियाका भरमा नूनतेल

Kesh Karki (USA) August 31, 2021 0

जैमिनी नगरपालिका– १ कुश्मीशेराका खाद्यान्न व्यवसायी अशोक आचार्यले तीन दिनयाता दिनभर कुश्मा–कैया झोलुङ्गे पुलको बाटो खाद्यान ओसार्नुभयो । कैयातर्फ रहेको पिकअप भ्यान नभरिने बेलासम्म आचार्यले नूनतेल, चामल र दैनिक उपभोग्य वस्तु बोकेर पुलमा ओहोरदोहोर गरिरहनुभयो ।आफूसँगै केही मजदुर लगाएर कुश्माबाट कैया पु¥याइएका सामान कैयादेखि भने सवारीले नै बोक्ने गरेका छन् । सडक सञ्जाल टुटेको जिल्लाको दक्षिणी बजार शेरा बजारमा भरियाको भरमा कालीगण्डकी तारेर केही दिनयता नूनतेल पु¥याइएको छ । असार १ गतेको भारी वर्षापछि बागलुङ नगरपालिका– १० को एक्लेसालमा गएको पहिरोले बागलुङ कुश्मीशेरा सडक बगायो । सोही दिन पहिरोको सिकार बनेको कालीगण्डकी करिडोर पनि राम्रोसँग मर्मत भएको छैन् ।

दक्षिण जोड्ने सबै सडक वर्षा, बाढी र पहिरोका कारण अवरुद्ध भएपछि कुश्मा–कैया अग्लो झोलुङ्गे पुलमा भरिया लगाएर व्यवसायीले बजारमा खाद्यान्न पु¥याएका हुन् । आचार्य मात्रै होइन, दक्षिण क्षेत्रका बजारमा खाद्यान्न ढुवानी गर्ने सबै व्यवसायीले अग्लो पुल तारेर गाउँमा सामग्री पु¥यारहेका छन् । लामो समय सडक सुचारु नहुँदा व्यवसायी र उपभोक्ता सबैलाई मार परेको जैमिनी नगरपालिका– ९ का व्यवसायी राजु शर्मा बताउनुहुन्छ ।करिडोरमा खसिरहने पहिरो र बागलुङ कुश्मीशेरा सडक बन्द हुँदा सदरमुकामसँग सडक सम्पर्क टुटेपनि पर्वतको मुकामसँग दक्षिणले सम्पर्क राख्ने गरेको छ । आफ्नै जिल्ला मुकाम जाने बाटो छैन, समयमा सडक मर्मत गर्न नसक्दा छिमेकी जिल्लाको घुमाउरो बाटो हुँदै मुकाम पुग्नु परेको जैमिनी चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु आचार्यले गुनासो सुनाउनुभयो ।

सडक नभएकै कारण यहाँका किसानले उत्पादन गर्ने दैनिक दुई हजार लिटर दूध महँगो भाडा तिरेर यान्त्रिक पुलको बाटो कुश्मा पु¥याउने गरिएको छ । पुल तारेर ल्याइएको खाद्यान्न र यान्त्रिक पुल तरेर बजार पुग्ने दूध दुवैको मूल्य महँगो पर्ने उपभोक्ताको गुनासो छ । बागलुङ कुश्मीशेरा सडकको बेसनै नरहने गरी पहिरोले बगाएकाले हिउँद लागेपछि मात्रै सडक मर्मत गर्न सकिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर