विद्यालयबाट घर फर्किँदै गरेको अवस्थामा डाँडामा लगि एक महिलाको बलात्कार — OSNepal

विद्यालयबाट घर फर्किँदै गरेको अवस्थामा डाँडामा लगि एक महिलाको बलात्कार

LC (KTM) August 31, 2021 0

ओखलढुंगा १५ भदौ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका ११ बस्ने २९ वर्षीय यौवन ताम्राकार रहेका छन् । विद्यालयबाट घर फर्किँदै गरेको अवस्थामा ती महिलालाई स्थानिय घुन्सा डाँडामा लगि ताम्राकारले बलात्कार गरेका हुन् ।

घटनाको जानकारी पाउन साँथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका निजमाथि अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर