छबेलीमा मास्क बैंक — OSNepal

छबेलीमा मास्क बैंक

Kesh Karki (USA) August 31, 2021 0

वाग्मती गाउँपालिका–३ भट्टेडाडाँस्थित छबेलीमा मास्क बैंक स्थापना गरिएको छ । प्रहरीचौकी भट्टेडाँडा र साहास नेपाल नामक संस्थाको संयुक्त सहकार्यमा स्थापित सो बैँकबाट निः शुल्क मास्क प्रदान गरिने जनाइएको छ ।प्रहरी नायब निरीक्षक श्यामकृष्ण केसीले कोरोनाको जोखिम नियन्त्रण गर्न मास्क वितरण अभियान सुरु गरिएको बताउनुभयो । छबेली वाग्मतीको मुख्य बजार क्षेत्र हो ।

उक्त स्थानमा सहकारी, प्रहरी चौकी, होटल र तरकारी सङ्कलन केन्द्र छन् । स्थानीयवासी ईन्द्रप्रसाद चौरेलले भन्नुभयो, “यहाँ दैनिक चारदेखि पाँच सय व्यक्ति आवतजावत गर्ने भएकाले मास्कवितरण कार्यक्रम प्रभावकारी भएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर