काठमाडौँ १५ भदौ । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्षमी शाक्य अल्पमतमा परेकी छन् ।
वाग्मती प्रदेशसभाका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १२ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।
जम्मा १०९ सदस्यीय रहेको वाग्मती प्रदेशमा नेकपा एमालेको मात्र ५६ सांसद थिए । तथापी एमालेको विभाजन पछि १२ जना सांसद नेकपा एस पार्टीमा प्रवेश गरेका हुन् ।
वाग्मती प्रदेशमा सरकार टिकाउन ५५ सांसदको समर्थन चाहिने शाक्यलाई अब मात्र ४४ सांसदको समर्थन रहेको छ ।