२१ किलो अवैध लागूऔषधसहित राई दम्पति पक्राउ — OSNepal

२१ किलो अवैध लागूऔषधसहित राई दम्पति पक्राउ

LC (KTM) August 31, 2021 0

सुनसरी १५ भदौ । २१ किलो अवैध लागूऔषध गाँजा सहित ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले एक दम्पतिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका ४ बस्ने २७ वर्षीय दिपेन्द्र राई र उनकै श्रीमती २५ वर्षीया शर्मीला राई रहेका छन् ।

प्रदेश १–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले जाँच गर्दा उत्तः अवैध लागु औषध बरामत गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर